ताजा अपडेट »

उद्यमबाट आर्थिक समृद्धितर्फ सैनामैनाका महिला : सहयोगी बन्यो हेफर

शुक्रबार, १८ फागुन २०८०, १५ : ४६
196 Shares

उषा किरण पन्थ

सैनामैना । जोस जाँगर र इच्छाशक्ति भए आफ्नै पाटो र माटोमा आरामसँग दाम र नाम कमाउँदै जीवन निर्वाह गर्न सकिन्छ भन्ने सन्देश दिँदै कृषि कार्यमा व्यस्त छिन् सैनामैना–३ दरखासिकी लक्ष्मी भट्ट । २०६४ सालदेखि हेफरमा आवद्ध भई गाई पालन शुरु गरेकी भट्ट अहिले सबै खर्च कटाएर वार्षिक ६ लाख बढी आम्दानी गर्ने गरेको बताउँछिन् । उनि भन्छिन हेफरले भाग्यनै खोलिदिएको छ ।

‘हेफरमा आवद्ध हुनु अगाडि एउटा सानो नास्ता पसल खोलेकी थिँए ।, जसको न खोल्ने टुङ्गो न बन्द गर्ने ।’–विगत सुनाउँदै उनले भनिन्, ‘व्यापार त भगवान भरोसा । न आराम गर्ने समय न कमाइनै । सारै भएपछि साथीहरुसँग समुह बनाई हेफरमा आवद्ध भए । शुरुमै १ लाख रिण लिए र गाई पालन शुरु गरे ।’ लक्ष्मी भन्छिन अहिले आफ्नै समय अनुसार काम गर्न मिलेको छ । गोठमा २० वटा गाई भैँसी छन् । पहिले त बिहान बेलुका दुध पुराउन जाँदा सकि नसकि दाना ओसार्नु पर्थ्यो । अहिले सहकारीले दाना बीउ विजन र मल गाडी मै घर–घर होम डेलिभरि गरिदिन्छ । हामीलाई निकै सहज भएको छ । कुनै बेला घरायसी गर्जो टार्न २÷४ सय ऋण नपत्याउने साथी÷भाई अहिले त्यस्तो सापटी तथा ऋण दिन पहिल्यै अगाडि सर्ने गरेको उनको अनुभव छ ।

त्यसो त हेफरकै कारण आर्थिक रुपमा सशक्त बन्दै गएको र कृषि क्षेत्रलाई विस्तार गदै अगाडि बढाएको प्रगतिशिल समुहकी सदस्य रुपा थारु बताउछिन । हेफरकै सहयोगमा सहकारीले आफूले उत्पादन गरेका खसी, बोका, कुखुरा, हाँसको सहजै बजारिकरण गरिदिने, बेला बखत आवश्यक तालिम दिने र हेफरद्वारा उपहार समेत पाएको कारण अहिले कृषि क्षेत्रबाट वार्षिक ३ लाख बढी आम्दानी गर्न थालेको सैनामैना ४ झारबैरा निवासी थारुको भनाई छ । पहिले सामान्य गाउँघरे शैलीमा समय कटाउन एक दुई वटा स्थानीय जातको काठे बाख्रा पालन गरेको उनले सुनाए । अब बेच्नु पर्यो भन्दा विचौलियाहरुको निकै मोलमोलाई हुने । बेकार दुःखमात्रै भन्ने लाग्थ्यो । विगत सुनाउँदै उनले भनिन् पशु÷पंछि पालेर घाटामात्रै लाग्थ्यो । तर अहिले सहकारिले नै बजारिकरण गर्दिने आफूलाई आवश्यक परेको विउ विजन, दाना पानी र उन्नतजातका पशु÷पंछिहरु पनि घरमै उपल्बध गराउँदै आएको छ । आफूले भनेअनुसार जिउँदै वा काटेर बेच्न पाईने हुँदा मुनाफमा पनि राम्रो प्राप्त भएको उनि बताउँछिन् । हेफरले दिएको बाख्राको पाठी उपहारबाट सुरु गरेकी उनले हाल २५ बटा बाख्रा, हाँस कुखुरा पालेर आफूलाई आर्थिक रुपमा पनि सवल बनाएकी छन् ।

यता सैनामैना–२ खक्कनपुर निवासी ज्योति थारु पनि आफूलाई महिला उद्यमी बनाउन सफल भएकी छन् । हेफरकै सहयोगमा दिदि बहिनीहरु जम्मा भई त्रिवेणी समुहमा बसेर ५० हजार ऋणबाट उनको उद्यमयात्रा सुरु भएको थियो । ऋण लिएको रकमले केही कपडा किनेर साईकलमा चढि गाँउगाउ पुगेर कपडा बेच्न थालिन । त्यो समयपछि उनलाई कसैसँग हात थाप्नु परेको छैन । उनी विगतलाई सम्झदै भन्छिन ‘आर्थिक अवस्था निकै नाजुक थियो । श्रीमान कहिले कसो ज्यालादारि रुपमा मिस्त्रीको काम गर्ने भएकोले घरखर्च टार्न पनि निकै कठिन थियो ।’ श्रीमान र २ छोरा सहित ४ जनाको परिवारको पेटपाल्न पनि निकै सकस भएको बेला दिदीबहिनी जम्मा गराएर हेफरलेनै उनलाई उद्यमको बाटोमा लगाएको हो ।

महिनाको १५ देखि २० हजार मासिक आम्दानी गर्न सक्ने भएकी उनी आमा समुहको अध्यक्ष समेत भएर काम गरेकी छन् । ग्रामीण परिवेशका दिदी बहिनीको सारथीनै बनेको छ, रुपन्देहीको सैनामैना–२ सोरौली स्थित उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड । यो सहकारी अन्य सहकारी भन्दा भिन्न छ । व्यक्तिगत र पारिवारि आर्थिक अवस्था मात्रै होईन यो सहकारीले समाज र देशकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छ । विगतमा २÷४ पैसाका लागि अरुसँग आश्रित दिदि बहिनी अहिले सामाजिक र आर्थिक हैसियतलाई सकारात्मरुपमा रुपान्तरण गर्दै लगिरहेको र उनिहरुको उत्साह र मिहिनेतले नेपाललाई नै कृषि क्षेत्रमा आत्मनिर्भर हुन ठूलो मद्दत पुगिरहेको उपहार सामाजिक उद्यमी महिला सहकारी लिमेटेडकी अध्यक्ष शारदा घिमिरे चालिसे बताउँछिन ।

सन् १९९६÷९७ सालमा स्थापन भएको हेफरले तालिम, भ्रमणदेखि कृषिका सबै क्षेत्रमा आफ्ना सदस्यहरुद्वारा उत्पादन गरिएका सामग्रीको बजारीकरणमा सहयोग गर्दै आएको छ । यसैगरी बुटवलबाट १४ किलोमिटर पश्चिममा रहेको सैनामैना नगरपालिकामा छरिएर रहेका महिलाहरुलाई गोलबन्ध गर्दै हेफरकै सहयोगमा २३४ जनाको ११ समुह तयार गरि २०६९ अषाढ २५ गते उपकार सामाजिक उद्यमी महिला सहकारीको स्थापना भएको थियो । हाल सो सहकारीमा २४२ समुहमा करिव ३ हजार ८ सय ११ सदस्य रहेका छन् । जसले केहि रकम बचत गर्ने र पैसाका कारण काम गर्न रोकिएका दिदिबहिनीलाई ऋण उपल्बध गराएर आय–आर्जनको बाटोमा निरन्तर अग्रसर गराई राखेको छ । महिलाहरुलाई ज्ञान, सीप र प्रविधिसंगै उत्पादनमा जोडेको छ ।

रासायनिक मल वितरण गर्ने, खसिबोका संकलन गरि जिउँदो तथा मासु विक्री गरिदिने, बीउ विजन तथा पशु दाना खरिद बिक्री गर्ने कार्यमा सहगोग गर्दै आएको छ । जसका कारण उत्पादित बस्तु विक्रीका लागि सदस्यलाई कुनै समस्या छैन । सदस्यहरु उत्पादित बस्तु बजारिकरण गर्ने समय आएपछि सहकारीमै सम्र्पक गर्ने गर्छन् ।

सैनामैनामा हेफरले समूह गठन गरेर व्यवस्थित पशु पालन, डाले तथा भुईँ घाँसको नर्सरी व्यवस्थापन, गुणस्तरीय पशु आहाराको लागि घाँसे बाली तथा बीउ उत्पादन प्रविधि, घाँस विकास उद्यमशीलता, पशु रोगलगायत विभिन्न खाले तालिम सञ्चालन गरेको छ । तालिम दिएसँगै त्यहाका कृषक दिदिबहिनी कृषि क्षेत्रमा आकर्षित भएका छन् । किसानहरूमा खेतीप्रति हराउँदै गएको जाँगरलाई उत्साह प्रदान गरेर कम लागतमा बढी उत्पादन र किसानलाई परम्परागत खेती प्रणालीबाट माथि उठाएर व्यवसायीकता तिर लैजाने अठोटका साथ संस्थाले बजारीकरणमा सहयोग गरिरहेको बस्यालले बताइन् ।

हेफर इन्टरनेशलन नेपालले गाउँ–गाउँमा समुहदेखि सहकारी हुँदै ज्ञान÷सीप र आर्थिक रूपमा अभिभावकत्वको भूमिका निर्वाह गर्न थाल्यो तव महिलाहरू पनि आर्थिक सामाजिकरुपमा सकारात्मक परिवर्तन आउन थाल्यो । जसको परिणामस्वरुप सामाजिक काममा समेत महिला दिदिबहिनीहरुले अग्रसरता देखाउन थालेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।