ताजा अपडेट »

अल्जेरियाका राष्ट्रपति घर फिर्ता

शनिबार, ०१ फागुन २०७७, १४ : ३५
10 Shares

अल्जर्स । अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्किएका छन् । उपचारका लागि जर्मनी गएका राष्ट्रपति अडेल्माड्जीड शुक्रबार स्वादेश फर्किएका छन् । उनलाइ सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनलाईल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो । सो विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ ।राष्ट्रपति अडेल्माड्जीड कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो । त्यसपछि उनलाई गतबर्षको डिसेम्बर २० तारिखकादिन स्वदेश ल्याइएको थियो ।

फेरी खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो । त्यसपछि अहिले फर्किएका छन्।

रासस
लेखकको बारेमा
रासस