ताजा अपडेट »

बुटवल रक्सको एकस्टिक लाइभ सो, आधा दर्जन व्याण्डले दिए प्रस्तुति

शनिबार, २४ माघ २०७७, १७ : २६
8 Shares

बुटवल । सांगितीक व्याण्डहरुको समूह ‘बुटवल रक्स’को आयोजनामा बुटवल स्थित ओजस लाउण्जमा विशेष सांगितीक प्रस्तुती ‘एकस्टिक लाइभ सो’ सम्पन्न भएको छ । बुटवल, भैरहवासहित रुपन्देहीका विभिन्न व्याण्डहरु रहेको समूहले आपसी भेटघाट र सांगितीक विकासका लागि कार्यक्रम आयोजना गरेको बुटवल रक्सका अध्यक्ष तथा गायक बसन्त श्रेष्ठले बताए ।

कार्यक्रममा बसन एण्ड क्रुज, रकजिन, अंकिता पुन, प्रनिस एण्ड टिम र संस्कारसहित ६ वटा व्याण्डहरुको सहभागिता रहेको थियो । कार्यक्रममा व्याण्डहरुले नेपाली तथा अंग्रेजी गीतहरु प्रस्तुत गरेको कार्यक्रमका संयोजक अजिप श्रेष्ठले बताए । कार्यक्रममा डेसिबल साउण्डको विशेष सहयोग रहेको थियो भने अनुप प्रधानले साउण्ड इञ्जिनियरिङ्ग गरेको श्रेष्ठले बताए ।

कोरोना र लकडाउनका कारण लामो समयदेखि व्याण्डहरुको भेला नभएको र संगीतकर्मी तथा संगीतप्रेमीहरु बीच भेटघाट नभएको हुँदा विशेष कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । साथै कार्यक्रममा व्याण्डहरुसँगै संगीतप्रेमीहरुको पनि उत्साहजन सहभागिता रहेको उनले बताए । कार्यक्रमको उद्देश्य अनुसार व्याण्डहरुले आफ्नो गीतबाट दर्शक तथा श्रोतासामु थप परिचित र निकट भएको संयोजक अजिप श्रेष्ठले दावी गरे । कार्यक्रम बुटवल रक्सका मनिस गुरुङले सञ्चालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।