१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाण्डौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले वि.सं. २०७१ देखि लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।

Advertisement

नेफेजले सरकारको उक्त निर्णयअघि नै कार्यविधि वा पद्धति आफैंमा खराब नहुने र कार्यान्वयनमा देखिने जटिलतालाई त्यहीँ भित्रबाट समाधान गर्नुको सट्टा खारेज गर्नु नहुने जनाएको छ ।

“वायु प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने नीति र योजना बनाएर राजनीतिक प्रतिबद्धता जनाउने, यस्ता साधनमा लाग्ने भन्सार र अन्तःशुल्क बढाउने, वनजन्य उद्योग प्रर्वद्धन गरेर रोजगार सिर्जना गर्ने नीति लिने तर वनको वैज्ञानिक व्यवस्थापनविरुद्धको निर्णय गर्ने जस्ता सरकारी निर्णयले वातावरण र प्राकृतिक सम्पदा संरक्षण तथा दिगो उपयोगमा सरकार अनुदार भइरहेको पुष्टि हुन्छ”, नेफेजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकमा वन स्रोतको दिगो उपयोग शुन्य प्रायः रहेको र वर्षौंदेखि हरियो वन नेपालको धनलाई आम नागरिकको जीविकोपार्जन सुधारमा प्रयोग गर्न नसकेको नेफेजको भनाइ छ । अझ वनजन्य उद्योगमार्फत रोजगार सिर्जना गर्ने नारा पनि लगाउने तर ८० वर्ष नाघेका बुढा रुखप्रतिको माया त्याग्न नसकिएको विज्ञप्तिमा उल्लेख छ ।

मुलुकले वर्षौदेखि अर्वौ रुपैयाँ बराबरका कम गुणस्तरका काठ आयात गरिरहेको अवस्थामा स्वदेशकै वनमा खेर गइरहेका बुढा रुखको सक्दो सदुपयोग हुनपर्ने र ती रुख काटेपछि अनिवार्यरुपमा नयाँ बिरुवा रोप्नुपर्ने प्रावधानलाई स्थायित्व दिनुपर्ने र वृक्षरोपण मात्र होइन, ती रुख हुर्किए÷नहुर्किएको प्रत्याभूतिका लागि अर्को वैज्ञानिक पद्धति तयार गरेर लागू गर्नुपर्ने नेफेजको आग्रह छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान