ताजा अपडेट »

दाङमा एक सञ्चारकर्मी पाँच दिनदेखि वेपत्ता

बुधबार, २१ माघ २०७७, १३ : ४३
6 Shares

दाङ । दाङमा एक सञ्चारकर्मी पाँच दिनदेखि वेपत्ता भएको परिवारजनले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ भैसापथ्रा घर भएका २३ वर्षीय देवेन्द्र ओली गत माघ १५ गते विहिबार विहानको समयमा हराएका हुन ।

घोराहीको रेडियो स्वर्गद्धारी एफ.एममा कार्यरत ओली राप्ती शिक्षा क्याम्पस घोराहीमा बि.एड पहिलो बर्षमा अध्ययन गर्दै आएका थिए । ओली १५ गते विहिबारका दिन बिहान क्याम्पस पढ्न जान्छु भनी हिडेको र क्याम्पस पोसाक मै हराएको बुवा दोर्ण बहादुर ओलीले जानकारी दिए । ओली घोराही १४ नयाँबसपार्क स्थित दिदी-भिनाजुको घरमा बस्दै आएका थिए।

जान सक्ने सम्भावित आफन्तहरुको घरमा समेत नभेटिएपछि खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपनि नभेटिएकाले कतै देखे वा भेट्टाएमा ९८०९७०९०६० मा सपर्क गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन भिनाजु नरेश खड्काले आग्रह गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।