ताजा अपडेट »

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

मंगलबार, १३ माघ २०७७, १३ : ४८
6 Shares

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको शुक्रबार काठमाडौमा सम्पन्न २० औँ वार्षिक साधारणसभामा विभिन्न क्षेत्रमा सहयोग पुर्याएकालाई सम्मान गरिएको अध्यक्ष रमेश बिजीले बताए ।

प्रतिष्ठानले स्वर्गीय कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशीसहित स्मृति पुरस्कार कलाकार राम प्रसाद घिमिरे र सारंगी वाद्यवादक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कारसहित सम्मान गरिएको छ भने पत्रकारीता पुरस्कार सिताराम बडाल, संरक्षक तथा अविभावक सम्मान पृथ्वी थकालीलाई प्रदान गरेको छ । साथै, नयाँ मानार्थ सदस्यलाई पनि सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो भने आजिवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतिष्ठानले संस्थाको मातहातमा रहेर उत्कृष्ट काम गर्ने विभिन्न सदस्यहरुलाई पनि उत्कृष्ट सम्मान गरेको छ ।

उत्कृष्ट सम्मान पाउनेहरुमा केन्द्रबाट महिलामा गायिका देवी घर्ती मगर र पुरुषमा मोडल पिएन सापकोटा रहेका छन् । साथै, महिला नेतृत्वमा रहेर उत्कृष्ट काम गर्ने धादीङकी कमला गैरे थापाले सम्मान पाएकी छन् । त्यस्तै, जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ भने त्यहाँका अध्यक्ष दिपक कार्की रहेका छन् ।

यसैगरी प्रदेशमा गण्डकी प्रदेशले उत्कृष्ट सम्मान पाएको छ । त्यहाँ सुरेन्द्र गुरुङ अध्यक्ष रहेका छन् । यता काठमाडौं उपत्यका समन्वव समितिका अध्यक्ष सुजन लम्सालले उत्कृष्ट सम्मान पाएका छन् भने त्यसअन्तरगतका ९ वटा समिति मध्ये सुनधारा समितिले पनि उत्कृष्ट सम्मान प्राप्त गरेको छ । त्यहाँ शैलेस राना अध्यक्ष रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।