३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

फाइल तस्विर

इलाम । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताएका छन् । पत्रकार महासङ्घ इलाम शाखाको १६औँ साधारणसभाको आज उद्घाटन सत्रमा अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, दोस्रो नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहितको लागि लड्ने विषय रहेको बताए । उनले लडेर ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफँै लाग्नुपर्ने बताए ।

Advertisement

प्रेसका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्र बाहेक अन्य परिस्थितिमा प्रेस नरहने अध्यक्ष आचार्यको भनाइ थियो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले परिवर्तनका लागि निरन्तर खबरदारी गर्न प्रेसको महत्वपूर्ण भूमिका रहने बताए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पत्रकारिता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए । उनले प्रेसले गल्ती गरेमा समाजमा दुर्घटना हुने भन्दै सजग र सक्षम भएर पत्रकारिता गर्न सुझाव दिए । विश्वका ठूला लडाइ र युद्धमा प्रेसले निष्पक्ष सञ्चार सम्प्रेषण नगरिदा विचार बाझिएको उदाहरण प्रस्तुत गरे ।

महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अझै पनि पत्रकारले श्रम अनुसारको ज्याला नपाउने गरेको बताए । महासङ्घका अर्का उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने गरेको अवगत गराए । उनले विसं २०६२र६३ को जनआन्दोलनमा पनि प्रेसको सहयोग नभएको भए लोकतन्त्र ल्याउन सहज नभएको जिकिर गरे ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेश बस्नेतले आवाज विहिनको आवाज बाहिर ल्याउन प्रेस सधैँ जागी रहने विश्वास व्यक्त गरे । पत्रकार महासङ्घ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधैँ विधिको शासनको पक्षमा गरिनुपर्नेमा जोड दिए । कोरोनापछि प्रेस पनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताए।

प्रतिकृया दिनुहोस्

Flash News

भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि