७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ ।

Advertisement

मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, अहेब दुई र कार्यालय सहयोगी एक गरेर सात जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी कोही पनि नभएको यहाँका स्थानीयवासीले गुनासो गरेका छन् ।

कार्यालय सहयोगी रोकायाले सिटोमलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताइएको छ । बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका र कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वर्षीय स्थानीयवासी राना बुढाले गुनासो गर्नुभयो । उनले भने, “म आँखाको बिरामी भएर स्वास्थ्यचौकी पुग्दा कोही नभेटेर रित्तै फिर्ता भएको छु, केही महिना अगाडि एक एचए सरुवा भएर गए ।” दरबन्दीअनुसार पालिकाले कर्मचारी नपठाउँदा यो समस्या निम्तिएको उनको गुनासो छ ।”

दुई जनाको दरबन्दी रहेको अहेव समायोजन भएदेखि गाउँपालिकाले पठाएको छैन । दुई करार अनमी कर्मचारी स्थानीयवासी भए पनि उनीहरु उपस्थित नहुने गरेको बताइएको छ । कार्यालय सहयोगी रोकायाले आफू एक्लै भएकाले काम गर्न गाह्रो भएको, सिटामोलबाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको बताए । गाउँमा यतिबेला बिरामीको चाप बढेको छ । वडा र गाउँपालिका मौन बस्नुका साथै यस क्षेत्रमा स्वास्थ्यको स्थिति डामाडोल बनेको छ ।

कामदारले ज्याला पाएनन् पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् । हुम्लाको सिमकोट गाउँपालिका-७ र नाम्खा गाउँपालिका-१ मा पर्ने हेप्काखोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेढ वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् ।

हिल्सा-सिमकोट सडकखण्डअन्तर्गतको हेप्काखोला पुल निर्माण गर्ने कार्य तीव्ररूपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करिब रु १९ लाख रकम नपाएको कामदारका टोली नेता खुशीराम थारूले गुनासो गरे । हेप्काखोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलोपटक पेस्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले यो ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण सापट गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए ।

पुलमा काम गर्ने १२ कामदार कैलाली जिल्लाका नागरिक रहेका छन् । कामदारमध्येका नेता थारूले भए, “पटक-पटक ठेकेदार र हिल्सा-सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपाहा प्रवृत्ति भएको छ ।” उक्त निर्माणाधीन पुल २५ मिटर लम्बाइ, १४.३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ । हुम्ला जिल्लामा आफ्नो भन्नु कोही पनि नभएकाले हालसम्म पनि कुनै ठाउँमा उजुरी गर्न नसकिएको उनले दुखेसो पोखे । ठेकेदारले कामदारलाई काम मात्रै गराउने तर ज्याला मजदुरीको आर्थिक रकम नदिने गरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो