ताजा अपडेट »

युट्युबले लगायो ट्रम्पमाथि प्रतिबन्ध

बुधबार, २९ पुस २०७७, १२ : ३९
6 Shares

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ । मंगलबार युट्युबले राष्ट्रपति ट्रम्पको युट्युब च्यानलबाट हिंसा भड्किने सामग्री प्रस्तुत भएको भन्दै प्रतिबन्ध लगाएको हो।

यसअघि ट्वीटरले स्थायी रुपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट प्रतिबन्ध गरेको थियो । राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेपछि सर्वत्र आलोचना भइरहेको छ। सोही विषयलाई लिएर युट्युबले पनि उनको च्यानलमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ट्रम्पको च्यानललाई एक साताका लागि प्रतिबन्ध लगाइएको युट्युबले एक भनाई जारी गर्दै बताएको छ।

उनको च्यानलबाट एक सातासम्म नयाँ भिडियो अपलोड गर्न र प्रत्यक्ष प्रसारण गर्न नपाउने युट्युबले जनाएको छ। साथै, प्रतिबन्धको अवधि लम्बिन पनि सक्ने युट्युबले जनाएको छ।युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन्। एकपछि अर्को सामाजिक सञ्जाल कम्पनीहरूले राष्ट्रपति ट्रम्पको कदमविरुद्ध कडा नीति अवलम्बन गर्न थालेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।