ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालमा विरामी र कुरुवालाई मोबाईल चार्जिङ स्टेशन

मंगलबार, २८ पुस २०७७, १३ : ५४
14 Shares

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा विरामी र कुरुवालाई लक्षित गर्दै मोबाईल चार्जिङ स्टेशन निर्माण भएको छ । रोट¥याक्ट क्लव अफ तिनाउ सिटी र रोटरी क्लव अफ बुटवल साउथले चार्जिङ स्टेशन निर्माण गरेका हुन ।

अस्पतालका विभिन्न ६ स्थानमा निर्माण गरिएको चार्जिङ स्टेशन एक कार्यक्रमका बीच रोट¥याक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष अनुप पाण्डे, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले अस्पतालका अध्यक्ष सुर्य भटटराई, मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष सुर्य भटट्राईले चार्जिङ स्टेशन सामान्य लागेपनि यसको महत्व धेरै रहेको भन्दै यसलाई सुरक्षा प्रदान गर्दै जनताको सेवामा लगाउने बताए । उनले अस्पतालले आम नागरिकलाई सर्वसुलभ र गुणस्तरिय सेवाका लागि अघि बढेको भन्दै सामाजिक कार्य गर्ने रोट¥याक्ट क्लव अफ तिनाउ सिटी र रोटरी क्लव अफ बुटवल साउथले अस्पतालमा स्टेशन सहयोग गरेकोमा धन्यवाद दिए ।

रोट¥याक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष अनुप पाण्डेले क्लवले सामाजिक उत्तरदायित्व अनुसार स्टेशन निर्माण गरेको बताए । रोटरी क्लव आफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले अस्पतालमा अन्य सामाजिक कार्य आगामी दिनमा गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा रोटरी क्लव अफ बुटवल साउथका पुर्व अध्यक्ष लक्ष्मण ज्ञवाली, कार्यक्रम संयोजक अशोक ज्ञवाली लगाएतले शुभकामना मन्तव्य राखेका थिए । रोट¥याक्ट क्लव अफ तिनाउ सिटीका सचिव मनोरथ अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।