२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

वैशाख १६,

Advertisement

काठमाण्डौ । कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ ।

नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्नेगरी उद्योग विभागमा उद्योग दर्ता गराएको हो । यसअघि कोरियाकै अर्को कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादनको लागि प्रत्यक्ष वैदेशिक लगानी अर्थात एफडीआई भित्राउन अनुमति पाएको छ । उसले १० अर्ब रुपैयाँको वैदेशिक लगानी भित्राउन लगानी बोर्डको बोर्ड बैठकबाट अनुमति पाइसकेको छ  । तर उसले आफूले उद्योग स्थापना गरेपछि सात वर्षसम्म अरु गाडी कम्पनीलाई अनुमति दिन नहुने अडान राखेको थियो । उसको प्रस्ताव अस्वीकृत भएपछि अरु गाडी कम्पनीले पनि नेपालमा पाटपूर्जा बनाउन र विदेशबाट इन्जिन ल्याएर गाडी तयार गर्न उद्योग खोल्न लागेका हुन् ।

अहिले गाडी उत्पादनको लागि कम्पनी दर्ता गरेको लक्ष्मी मोटर्सले वार्षिक आठ हजार गाडी उत्पादन गर्ने जनाएको छ । सुरुमा उसले पाँच अर्ब १० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । नेपालमा अहिले साना गाडी बिक्रीमा सुजुकी पहिलो नम्बरमा छ भने हुण्डाई दोस्रो नम्बरमा रहेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक