ताजा अपडेट »

विद्यालयमा आगलागी हुँदा चार लाख क्षति

शनिबार, ११ पुस २०७७, २१ : ०९
6 Shares

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज शनिबार आगजनी हुँदा करीब रु चार लाख क्षति भएको छ । आगजनीबाट विद्यालय भवन र भण्डारणगृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

विद्यालयमा आगजनी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको प्रयोग गरी नियन्त्रण गरिएको उनले बताए । “विद्यालयमा आगलागीबारे अनुसन्धान भइरहेको छ”, उनले भने, “अहिलेसम्म आगलागी हुनाको कारण खुल्न सकेको छैन ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।