ताजा अपडेट »

मोदीले बनारसबाट दिए उम्मेदवारी

शुक्रबार, १३ बैशाख २०७६, १६ : ३१
4 Shares

बैशाख १३,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले स्थानीय चुनाव आयोगको कार्यलयमा उम्मेदवारी दर्ता गराएका हुन ।

उम्मेदवारी दर्ता गर्ने क्रममा वर्तमान सरकारका गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादललगायत नेताको उपस्थिति थियो ।भेटवार्तापछि गृहमन्त्री सिंहले एनडिए गठबन्धनले लोकसभा निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे । यस क्षेत्रको निर्वाचनमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोक जनशक्ति पार्टीबीच गठबन्धन भएको छ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।