ताजा अपडेट »

वार्षिक कार्ययोजना तय

सोमबार, ०६ पुस २०७७, १९ : ४९
8 Shares

बुटवल । उपप्रमुख महिला उद्यमशीलता विकास समिति,बुटवलको बैठक सोमवार बुटवल उपमहानगरपालिकामा सम्पन्न भयो । बैठकले आर्थिक वर्ष २०७७/२०७८ का लागि विनियोजित वजेट कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । साथै कार्यक्रमलाई तोकिएकै समयमा सम्पन्न गर्नका निम्ति कार्यक्रम कार्यान्वयन तथा व्यवस्थापन समितिमा जमुना सुवेदी,सीता खनाल र दलबहादुर गुरुङलाई चयन गरेको छ ।

उक्त बैठकमा अध्यक्ष एवम् बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले महिलाहरुको आर्थिक,सामाजिक एवम् भौतिक विकासका निम्ति उद्यमी बनाउनुका साथै बुटवललाई शून्य बेरोजगारमुक्त घोषणा कार्यक्रमलाई कार्यान्वयन गर्नका निीम्त आफ्नो समितिले उद्यमी बनाउन आवश्यक ज्ञान,सीप,तालिमको व्यवस्थापनमा जोड दिएको बताइन् । साथै उनले एकल महिला,हिंसापीडित महिला,बेरोजगार महिला र दलित महिलाहरुलाई प्राथमिक रुपमा प्रोत्साहन दिदैं आएको उल्लेख गरिन् ।

उद्यमी बन्न इच्छुक महिलाहरु,उद्यम सञ्चालन गरीरहेका महिलाहरुलाई आवश्यक प्रविधिमा सहयोग,वित्तीय पहुँचमा सरलता र बजारीकरणमा समेत सक्दो सहयोग गर्दै आएको र उद्यम प्रवद्र्धनमा थप सहयोग गर्नका लागि उपम्रमुख महिला उद्यमशीलता विकास समिति सधैं तत्पर रहेकाे समेत बताइन् । बैठकमा आर्थिक विकास महाशाखाका प्रमुख भुवाप्रसाद लुँइटेल,सामाजिक विकास महाशाखाकी प्रमुख तुल्सा अर्याल र समितिकी सदस्य सचिव प्रतिभा पन्थीले समितिको योजना,कार्यक्रमलाई कार्यान्वयन गर्न आफूहरु कटिवद्ध रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।