ताजा अपडेट »

जनकपुरधाममा जिम क्लब सञ्चालनमा

शनिबार, १३ मंसिर २०७७, २१ : ११
6 Shares

जनकपुरधाम । धनुषाको जनकपुरधाममा जिम क्लब सञ्चालनमा ल्याईएको छ । प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा राकेश यादवले प्यानोरामा मसल्स बैंक फिटनेस जिम क्लबको सञ्चालनमा ल्याएका हुन् । जसको शुक्रबार प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री यादवले शरिरलाई स्वस्थ राख्न शारीरिक व्यायाम आवश्यक रहेको बताए । उनले अनेक किसिमका रोगहरुलाई लाग्न नदिन जिम जानु अति आवश्यक रहेको उल्लेख गरे ।सञ्चालक राकेश यादवले विकृति र कुलत तर्फ लाग्ने युवाहरुलाई मध्यनजर गरेर जिम सेन्टरको स्थापना गरेको बताए । जिम सेन्टर दैनिक विहान ५ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म खुल्ने यादवले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।