ताजा अपडेट »

मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक

बुधबार, २६ कार्तिक २०७७, २१ : ५४
14 Shares

काठमाण्डौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक लगाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बुधबार आज मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो बिक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो । विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलइडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिए ।

“६ महिनाभित्र मापदण्ड पुरा नगर्ने  बल्ब बिक्रीमा रोक लगाउँछौँ,” उनले भने। विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ ।  एलइडी बल्बमा आँखाकलाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ । विश्वव्यापीरुपमै आँखाको ज्योतिलाई कुनैै असर नगर्ने बल्ब उत्पादन भइरहेको विभागले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।