ताजा अपडेट »

एकलौटी रुपमा सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षाकर्मीलाई नेपालीले लखेटे

आइतबार, २३ कार्तिक २०७७, १६ : ०९
4 Shares

काठमाडौं । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल (एसएसबी)लाई स्थानीयले लखेटेका छन् ।

बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प्रहरी टोलि, ३४ र ३३ भएको क्षेत्रमा हतियारसहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको बेला स्थानीयले लखेटेका हुन् ।

बिबादास्पद रहेको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको भारतीय सुरक्षा बल (एसएसबी)ले हतियारसहित निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसंग समन्वय नै नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटिएको वडासदस्य रामनाथ चौधरीले बताए ।

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए। उनले भारतीय पक्षले गल्ती गरेकोमा माफी समेत मागिसकेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।