ताजा अपडेट »

छुट्टा छुट्टै सवारी दुर्घटनामा परी रुपन्देहीमा ४ जना घाइते

विहीबार, २० कार्तिक २०७७, १७ : २८
2 Shares

बुटवल । रुपन्देहीमा विहीबार छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
तिलोत्तमा नगरपालीका – ९ मंगलापुर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा आज बिहान बुटवलबाट भैरहवा तर्फ आउदै गरेको लु ३० प ४३६३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बिच डिभाईडरमा ठोकिन जादाँ ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा गुल्मी धुर्कोट गाउँपालिका –७ घर भई हाल जिल्ला तिलोत्तमा नगरपालिका –१३ कटैया बस्ने मोटरसाइकलका चालक २४ वर्षीय अर्जुन के.सी. र मोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ५ वर्षका आशिष के.सी. र २७ वर्षका सुवास के.सी. रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । घाइते तीनै जनाको अवस्थामा सामान्य रहेको छ ।

यस्तै ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । विहीबार दिउँसो तिलोत्तमा नगरपालिका –९ सुनेनापथ स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा भैरहवाबाट बुटवलतर्फ जादै गरेको लु २ ख १०१८ नं. को ट्रकमा सोही दिशा तर्फ जादै गरेको लु ६१ प ३६३७ नं.को मोटरसाइकल ट्रकले दाहिने तर्फ मोड्दै गरेको अवस्थामा एक्कासि उक्त ट्रकको ट्रकको बीच भागमा ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक सिद्धार्थ नगरपालिका–८ का २५ वर्षका आनन्द शाहा घाइते भएको प्रवक्ता खत्रीले बताए । उनको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।