ताजा अपडेट »

दुई जना सवार मोटरसाइकल तिनाउ नदीमा खस्यो

शनिबार, १५ कार्तिक २०७७, १९ : ४९

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्र नजिक सडकबाट एक मोटर साइकल तिनाउ नदीमा झरेको छ । तिनाउ गाउँपलिकाको दोभानबाट बुटवतर्फ आउँदै गरेको दुई जना सवार मोटर साइकल शनिबार साँझ माथिबाट तल झरेको हो । अहिले उनीहरुको उद्धारका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय,बुटवलका असई विक्रम भुषालको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको असई भुषालले बताए । विस्तृत विवरण आउन बाँकी ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।