२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाण्डौं । विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो ।

Advertisement

निर्धारण गरिएको महसुलअनुसार विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्ने छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएका थिए । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् ।

सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए । उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो भएको अध्यक्ष भेषबहादुर थापाले बताए । उनले भने, ‘शुल्क निर्धारण भएर नेपाल विद्युत् प्राधिकरणले लागू गरेको छ । हामी निकै खुसी छौँ, अब सजिलो भएको छ । यो हाम्रा लागि धेरै राम्रो सुविधा हो ।’

निर्धारित शुल्कअनुसार अब ठूला बस पूर्ण चार्ज गर्दा पाँच सयदेखि ५५० रुपियाँ पर्नेछ । पहिला १२ सय रुपियाँसम्म तिनुपथ्र्यो । अध्यक्ष थापाका अनुसार एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा २५० किलोमिटर गुड्छन् । काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन हुन्छन् ।

निजी विद्युतीय कार पनि घरमा चार्ज गर्नुभन्दा चार्जिङ स्टेसनमै गर्दा सस्तो पर्ने सुन्दर यातायातले जनाएको छ । घरमा चार्ज गर्दा प्रतियुनिट आठदेखि १० रुपियाँसम्म विद्युत् शुल्क तिनुपर्ने हुन्छ तर स्टेसनमा गर्यो भने प्रतियुनिट छ रुपियाँ पर्न जान्छ ।

सुन्दर यातायातले अब देशका विभिन्न स्थानमा चार्जिङ निर्माण गर्ने भएको छ । कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ । थापा भन्छन्, ‘चार्जिङ स्टेसन निर्माण भएपछि सार्वजनिक विद्युतीय सवारी चहलपहल बढ्छ । सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिरहेको छ । सरकार आफैँले सञ्चालन गर्दै छ, बिस्तारै विद्युतीय सवारीको वृद्धि हुँदै जान्छ ।’ -लक्ष्मण दर्नाल/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक