ताजा अपडेट »

आगामी मंसिर १५ मा रुपन्देही उद्योग संघको साधारणसभा

सोमबार, ०३ कार्तिक २०७७, ०९ : ५३
22 Shares

बुटवल । रुपन्देही उद्योग संघको ४२ औं वार्षिक साधारण सभा आगामी मंसिर १५ गते हुने भएको छ । आफ्नो ४३ औं स्थापना दिवशको अवसर पारेर संघको ४२ औं बार्षिक साधारणसभा पनि सोही दिन सम्पन्न गर्ने निर्णय गरिएको संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी गराए ।

संघको शनिवार बसेको ११ औं वोर्ड बैठकले आगामी मंसिर १५ गते ४३ औं स्थापना दिवश तथा संघको ४२ औं बार्षिक साधारण सभाको अवसरमा संघले प्रदान गर्दै आएको उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार-२०७६ वितरण तथा उद्यमी सम्मान गर्ने कार्यक्रम रहेको संघका महासचिव जिवकान्त काफ्लेले बताए । यसैगरि स्थापना दिवशकै अवसरमा रक्तदान कार्यक्रम पनि गरिने जनाइएको छ । त्यसका लागि कार्यसमिति सदस्य अशोक कुवंरको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।

बैठकले साधारणसभामा प्रस्तुत गरीने संघको विधान संशोधन प्रस्ताव तयार गर्नका निम्ति संघका निर्वमान अध्यक्ष गणेशप्रसाद अधिकारीलाई संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ । कार्यक्रम राज्यले तय गरेको स्वाश्थ्य मापदण्डलाई पूर्ण रुपमा पालन गरि सम्पन्न गर्ने संघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।