ताजा अपडेट »

चालकलाई सजक बनाउन चोक–चोकमा नक्कली प्रहरी

विहीबार, २९ असोज २०७७, २० : २४
10 Shares


भैरहवा । सडक शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा काल्पनिक ट्राफिक प्रहरी (डमी प्रहरी) राखिएको छ । प्रदेशमै पहिलोपटक जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले भैरहवामा ३ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ । डमीको हातमा विभिन्न ट्राफिक जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ ।

भैरहवाको मिलनचोक, देवकोटा चोक र बर्मेलीटोलमा यस्ता डमी प्रहरी राखिएको छ । डमी प्रहरी लाई ट्राफिक प्रहरीले लगाउने वर्दी, टोपी, र मुखमा मास्क लगाइको छ । ‘डमी प्रहरी’ले हातमा भने बिभिन्न ट्राफिक नियमको प्लेकार्ड बोकेका छन् । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना पनि कम हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक दिवस बहादुर जिसीले जानकारी दिए । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने जिसीले बताए ।


उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिए ।अहिले नमूनाको रुपमा मात्र डमी प्रहरी राखिएको उनले बताए । यसबाट आउने नतिजा र सर्वसाधारणको प्रतिक्रिया हेरेर यसलाई थप ठाउमा राखिने जिसीले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।