ताजा अपडेट »

पर्यावरणीय व्यवस्थापन योजना सम्बन्धी पाँच दिने गोष्ठी सम्पन्न

विहीबार, २९ असोज २०७७, १७ : ५०
38 Shares

बुटवल । पर्यावरणीय व्यवस्थापन योजना सम्बन्धी पाँच दिने भर्चुअल गोष्ठी सम्पन्न भएको छ । सिमेन फू फाउण्डेसन नामक अन्तर्राष्ट्रिय गैह्सरकारी संस्था र परिवर्तनका लागि कार्यरत समूह(वाच) को संयुक्त आयोजनामा सम्पन्न उक्त गोष्ठीमा सामुदायिक वन समन्वय समिति, दोभान, पाल्पाका चार जना पदाधिकारी र महिला जागरण सहयोग समूह, देवदह, रुपन्देहीका चार जना पदाधिकारीहरुको सार्थक सहभागिता रहेको थियो ।

उक्त गोष्ठीमा वातावरण,पर्यावरण,सामाजिक,सांस्कृतिक, आर्थिक पक्षहरु, वन, वातावरण र जैविक विविधता संरक्षणका लागि स्थानीय वन उपभोक्ता समूह र सहयोगी समूहहरुका भूमिका के कस्तो रहने भन्ने विषयका साथै गरिवीबाट समृद्धितिर जानका निम्ति के कस्ता योजना र कार्यक्रम तय गर्नुपर्छ भन्ने सन्दर्भमा समेत छलफल भएको थियो । जैविक, सांस्कृतिक अधिकार, प्राकृतिक साधन र स्रोतबाट प्राप्त सेवा,सुविधा र संरक्षणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा विस्ृतत छलफल भई सोही अनुसारको सामुदायस्तरका संघसंस्थाहरुले योजना बनाउनु पर्नेमा जोड दिएका थिए ।

गोष्ठीको सहजीकरण वाचका निर्देशक डाक्टर नारायणकाजी श्रेष्ठ र उपनिर्देशक मनीषा क्षेत्रीले गरेका थिए । गोष्ठी सैद्धान्तिक र अभ्यासात्मक दुबै तरिकाले सम्पन्न भएको थियो । अभ्यासका लागि देवदह नपा र तिनाउको गणेशटोल गाउँको धरातलीय एवम् पर्यावरणीय नक्सा, पर्यावरणीय अवस्था,असर र प्रभावका बारेमा स्थानीय बासिन्दाहरुसँग बसेर निर्माणका क्रममा व्यापक छलफल गरिएको थियो । गोष्ठीपछि सहभागीहरुले आआफ्ना क्षेत्रमा रहेर १०/१० वटा पर्यावरणीय व्यवस्थापन योजना नोभेम्वर १५ तारेखसम्म निर्माण गरिसक्नु पर्ने सहमति जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।