२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका- ९ पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण अभियान शुरु भएको छ । यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका बासिन्दाका लागि अब ‘एक घर, एक धारा’ निर्माण गरी खानेपानी उपलब्ध गराउने भएको हो ।

Advertisement

वाग्मती सरकारको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा निर्माणकार्य शुरु भएपछि अब यहाँका बासिन्दाले आगामी पुसदेखि घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन् । सम्झौताअनुसारकै समयावधिभित्र काम सम्पन्न गरी काम भइरहेको रोशी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष जनम तामाङले बताए । उनका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । “पुसभित्र जसरी पनि स्थानीय बासिन्दाको घरघरमा खानेपानी पुर्‍याउने लक्ष्य पूरा गर्नेछौँ”, तामाङले भने, “तोकिएको समयमा नै काम सकाउने गरी निर्माणकार्य अगाडि बढिरहेको छ ।” तीन महिनामा सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ ।

यहाँका बासिन्दाले अहिलेसम्ममा सामूहिक धाराको पानी उपभोग गर्दै आएका छ । धेरै घरको सामूहिक धारा हुँदा पानी थाप्न पनि लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा अक्कलबहादुर लामाले बताए । “अब एक घर, एक धारा अभियानअन्तर्गत आयोजना सम्पन्न भएपछि हरेकले घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन्”, उनले भने, “पहिला धारा टोलटोलमा थियो, अब घरघरमा हुने भएको छ ।”

रोशीखोलाको पानी गाउँभन्दा माथि बनाएको ट्याङ्कीमा तानेर त्यहाँबाट घरघरमा पानी वितरण गर्न लागेको छ । त्यसका लागि अहिले गाउँभन्दा माथि डाँडामा एक लाख लिटर क्षमताको खानेपानीको ट्याङ्की निर्माण भइरहेको छ । जसबाट पिन्थलीमा रहेको १६० घरधुरीका बासिन्दा लाभाविन्त हुनेछन् । रु एक करोड २३ लाख ८९ हजार ६०४ भ्याटबाहेकको आर्थिक सहयोगमा सो आयोजनाको काम धमाधम भइरहेको छ  । आयोजना जेभी कन्स्ट्रक्शनले २०७७ वैशाख २७ गते सम्झौता गरी काम शुरु गरेको हो । सो आयोजना आगामी पुस १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

जसमा १० प्रतिशत जनताको सहभागिता रहने छ । ट्याङ्कीबाट घरघरसम्म लाने पाइप पुर्नका लागि जनश्रमदान गर्न स्थानीयवासी उत्साहित भएका छन् । खानेपानी घरमै आउने भएपछि स्थानीयवासी खुशी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश