ताजा अपडेट »

एक महिना नवित्दै सवारी साधन कारबाहीबाट गुल्मीमा ४ लाख बढी राजस्व

बुधबार, २८ असोज २०७७, १० : ०२
12 Shares

गुल्मी । गुल्मीमा सवारी साधानको कारबाहीमा ४ लाख बढी राजश्व संकलन भएको छ । सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारीका साधनहरुमा गरिएको कारबाहीमा ४ लाख २१ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

असोज महिनको २६ दिनमा जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा गरिएको सवारी कारबाहीमा उक्त राजश्व संकलन भएको हो । सवारी नियम उल्लङगन गर्ने ६ प्रकारका सवारी साधन कारबाहीमा परेको पन्तले बताए । कारबाही पर्नेमा ३४ वटा ट्रक, ३२ वटा बस, २८९ वटा जिप, ४८ वटा ट्याक्टर, १९४ वटा मोटरसाइकल र स्कुटर, ३ वटा अटोले सवारी नियम उल्लङगन गरेका थिए ।

जिल्ला प्रहरी कार्याल गुल्मीले यात्रुबाट बढी भाडा लिएको चौतर्फी आवाज उठेपछि चेक जाँचलाई बढाएको थियो । चाडपर्व नजिएसँगै हुनसक्ने दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रहरीले पछिल्ला केहिदिन यता सवारी साधानहरुमा निगरानी बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।