ताजा अपडेट »

कानून मन्त्रीको प्रदेशसभामा आदेशः 'घिसारेर निकाली हाल' (भिडियोसहित)

सोमबार, १९ असोज २०७७, १६ : ४६
34 Shares

बुटवल । कानूनमन्त्री भन्दा बित्तिकै कानून पालना गराउने र अनुशासन कायम गराउने उच्च निकायका प्रतिनिधि हुन् । उनी स्वयम् आफूले पनि अनुशासन र कानून पालना गर्नैपर्ने हुन्छ । तर, प्रदेश ५ का कानूनमन्त्रीले भने जारी प्रदेशसभामा नै प्रदेशसभा सदस्यलाई ‘घिसारेर निकालीहाल’ भनेका छन् ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मर्यादापालकलाई सो निर्देशन दिँदै सभामा असन्तुष्टि जनाउने सांसदहरुलाई घिसारेर बाहिर निकाल भनेका हुन् । प्रदेशसभामा नाराबाजी चलिरहेका बेला बोल्दै केसीले सुरक्षाका लागि आफु अगाडी उभिएका मर्यादापालकलाई हातले कोट्याएर इसारा गर्दै भने-‘घिसारेर निकाली हाल, निकाली हाल’ । मन्त्रीले नै संसदमा असभ्य भाषा प्रयोग गरेपछि सामाजिक सञ्जालहरुमा समेत यो विषयले चर्चा पाएको छ ।

उनैले प्रस्ताव गरेको प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ्ग को विषयमा छलफलको लागि सोमबार बसेको प्रदेशसभाको बैठकमा उनले त्यस्तो अस्वभाविक व्यवहार देखाएका हुन् । प्रदेशको स्थायी राजधानी भालुवाङ्ग नभई बुटवलनै कायम गर्नुपर्छ भन्ने सांसदहरुले असन्तुष्टि जनाउने क्रममा प्रतिपक्ष लगाएत केही सत्तापक्षले विरोध गरेका थिए । सो विरोध जनाउनेहरुलाई कानूनमन्त्री केसीले घिसारेर निकाल्न मर्यादापालक दिएको निर्देशन प्रतक्ष्य रुपमा सुनिएको छ ।

https://youtu.be/SOcoo16xcmc
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।