ताजा अपडेट »

'स्वास्थ्य क्षेत्रमा प्रदेश ५ मा उल्लेख्य सुधार'

आइतबार, ०४ असोज २०७७, १९ : ४९
6 Shares

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पछिल्लो समय सरकारी अस्पतालमा सुधार आएको बताएका छन् । आईतबार दाङको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले स्वास्थ्य क्षेत्रमा प्रदेशमा उल्लेख्य सुधार भएपनि नागरिक स्तरमा सरकारी अस्पताल प्रतिको विश्वास नबढेको बताए ।

उनले प्रदेशमा कोरोना सङक्रमित भएका बिरामीलाई उपचार गर्ने सक्ने आइसियू सहितका अस्पताल र प्लाज्मा थेरापी सम्मका काम भइरहेको दाबी गरे । पोख्रेलले कोरोना संक्रमणले विश्वलाई नै आक्रांन्त बनाइरहेको समयमा स्वास्थ्य मापदण्ड पालन गर्न र भिडभाडजन्य गतिविधि नगर्न पनि आग्रह गरे । उनले भने "आत्मबल बलियो बनाउने र प्रतिरोधी क्षमता बढाउने हो भने रोगलाई जितिन्छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्ने सजक रहने गर्नुपर्छ ।" मुख्यमन्त्री पोख्रेलले स्थानीय स्तरबाट मुआब्जाको कारण देखाउँदै विकासको कामलाई अवरुद्ध नगर्न आग्रह गरे ।नेपालका गुरुयोजना सफल नहुनुको मुख्य कारण मुआव्जा पनि भएको भन्दै सरकारले सारेको विकासको कामलाई नागरिक स्तरबाट सहयोग पुर्याउनुपर्ने बताए ।

सो अवसरमा संघीय सांसद मेटमणी चौधरीले सर्पदंश उपचार केन्द्रबाट दाङ सहित छिमेकी जिल्लाका नागरिकले समेत फाइदा लिन सक्ने भएकोले स्तर वृद्धि गर्ने काममा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै प्रदेश साँसद इन्द्रजित थारुले नागरिकले सर्पदंश उपचारकेन्द्र प्रति विश्वास गरेको भन्दै पछिल्ले समय स्वास्थ्य क्षेत्रमा सुधार हुन थालेको बताए । गढवा गाउँपालिकाको एक करोडको लागतमा भवन निर्माण गरेर नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।