२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

बागलुङ । स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।

Advertisement

केन्द्रीय प्रसारण लाइनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसापासका गाउँमा सानोतिनो वर्षामा बाढी आउँदासमेत विद्युत् अवरुद्ध हुने समस्या । गत भदौ १७ गतेको नरसंहारकारी पहिराले बगाएका लघुजलविद्युत् आयोजना मर्मत गरेर धिपधिप बत्ती बालिरहेको बुर्तिबाङले आइतबारदेखि भने बिजुली पाएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङमा स्थापना गरेको ‘नो लाइट’ कार्यालयमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बत्ती बालेर ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गरे ।

जिल्ला सदरमुकाम बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ठूलो लगानी र मिहेनतपछि बुर्तिवाङवासीले आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्त रुप लिएको ढोरपाटन नगरप्रमुख नेपालीले जानकारी दिए बुर्तिबाङमा रहेको लघुजलविद्युत्ले साँझपख बिजुली बाल्ने र मोबाइल चार्ज गर्नमात्र पुग्थ्यो ।

हरिचौरमा सब–स्टेसन निर्माण गरेर बुर्तिबाङ बिजुली पु¥याउन सकिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । बुर्तिबाङमा विद्युत् पु¥याउनका लागि हरिचौरको ११ केभी सब–स्टेसनदेखि बुर्तिबाङ बजारसम्म ४०० पोल गाडिएको छ । वितरण केन्द्रका अनुसार बुर्तिबाङ बजारमा तत्कालै तीन हजार घरमा विद्युतीकरण हुनेछ ।

जिल्लाको ताराखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा अझै विद्युत् सेवा पुगेको छैन । स्थानीयवासीले बनाएका लघुविद्युत्को भरमा बिजुली बालेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने