२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

सर्लाही । सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन ।स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन् तर सडक डिभिजन कार्यालय निर्माणको चरणमा रहेको भन्दै डिभिजन कार्यालय पन्छिने गरेको छ ।

पानी परेपछि हिँड्नै नहुने गरी आहाल हुने गरेको छ भने सडकमै ठूलाठूला खाल्डा भएकाले पैदलयात्रीहरुलाई हिँडडुल गर्न समस्या हुन थालेको छ । सो विषयमा सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहलाई पटकपटक गुनासो गर्दासमेत ध्यान नदिएको लालबन्दीका स्थानीय युवा रमेश अधिकारीले बताए । केही महिनापहिला सो सडकखण्डमा परेका खाल्डा अलकत्रामा गिटी र बालुवा मिसाएर टाल्ने काम भएको थियो तर पछिल्लो समय आएर सडकको आवस्था जस्ताको तस्तै भएपछि स्थानीयवासीले सरकारी कामप्रतिको चरम लापारवाहीको चर्को विरोध गरेका छन् ।

सो सडकखण्डका विभिन्न स्थानका खाल्डा ज्यानमारा धरापका रूपमा परिणत हुँदै आएका बेला सडक डिभिजन कार्यालयले खाल्डा पुर्न गुणस्तरहीन सामग्री प्रयोग गरेको लालबन्दीका एक स्थानीय युवा लक्ष्मण खड्काले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए !