ताजा अपडेट »

बाबुरामको आग्रहः१८ वर्ष माथीका सबै नेपालीलाई फौजी तालिम

सोमबार, ३० पुस २०७५, १६ : ४६
6 Shares


पुस ३०,

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अब १८ वर्ष उमेर पुगेका सबै नेपालीलाई सरकारले फौजी तालिम दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित ‘नेपालको भूराजनैतिक महत्त्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक अन्तर्क्रियामा उनले आत्मरक्षा गर्नका लागी भएपनि सबै नेपालीलाई फौजी तालीम दिन आवश्यक रहेको बताए  ।

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले बाह्य शक्तिबाट बच्न सेना र हातहतियारमा खर्च गर्नु भन्दा मिलिसिया तालिम सञ्चालन गर्नुपर्ने बताउदै भने, ‘सेनामा लगानी गर्नुभन्दा जनतामा लगानी गरेर देशलाई बाह्य आक्रमणबाट जोगाउन सकिन्छ ।’

अन्य देशमा जस्तै नेपालमा पनि १८ वर्षमाथिका सबै नेपालीलाई फौजी तालिम दिएको खण्डमा नेपालमा घटिरहेका विभिन्न किसिमका घटनाहरुमा कमि आउने उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।