ताजा अपडेट »

पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता:तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी

बुधबार, १९ बैशाख २०८१, २० : ०२
50 Shares
बुधबार, १९ बैशाख २०८१
50 Shares

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले  आयोजना गरेको  पालिकास्तरिय  दोस्रो  पुरुष  भलिवल प्रतियोगिताको उद्घाटन खेलमा  चार पालिका अघिल्लो चरणमा प्रवेश गरेका छन् ।  

तिलोत्तमा र देवदह नगरपालिका, शुद्धोधन र  कञ्चन गाउँपालिका अघिल्लो चरणमा प्रवेश गरेका हुन । प्रतियोगीता उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका  नगरप्रमुख खेलराज पाण्डेयले विभिन्नसमयमा हुने  खेलकुद  प्रतियोगिताहरुले खेलाडीको खेल बिकास सँगै  खेलकुदबाट  देश बिदेसमा समेत पहिचान बनाउने बताए ।  

Messenger_creation_f2f5a199-eeff-438e-a806-e65386c7ff9b

पछील्लो समय बुटवल उपमहानगरपालिकाले नगर भित्र हुने हरेक खेलकुदका कार्यक्रममलाई सबै क्षेत्रबाट  सहयोग गदै आएको भन्दै नगर प्रमुख पान्डेयले भने बुटवलको पहिचान बनाउन खेलकुद क्षेत्रको बिकासमा  उपमहानगरपालीका लागीरहेको बताए । 

भलिबल खेल आफैमा सबैको रोजाईमा  पर्ने खेल भएकाले एसको बिकाश गर्ने बिद्यालय स्तरबाट प्रतियोगिताहरु सन्चालन गदै खेलाडी उत्पादनमा लाग्नुपर्ने उनको सुझाए ।  लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले पछिल्लो समय भलिवल खेलकुदका कार्यक्रमहरुले प्रदेशभरी  गलिलिएको  भन्दै  भलिबल खेल राष्ट्रिय खेल भएकाले यसको बिकास गर्ने सबै क्षेत्र लाग्नुपर्ने बताएका थिए ।

जिल्ला भलिबल संघले नगर स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेर नगर भित्रका खेलाडीको पहिचान गराउन ठुलो भुमिका खेलेको भन्दै आयोजकलाई  धन्यबाद समेत दिएका थिए ।  जिल्ला भलिबल सँघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले प्रतियोगिता आयोजना र्गनुको मुख्य उदेस्यनै नया खेलाडी खोज्नु रहेको बताए । सबै क्षेत्र अफठयारो अवस्थामा रहेका बेला सानो सानो सहयोग बाट प्रतियोगिता आयोजना गरीएको भन्दै यो प्रतियोगिताले रुपन्देहीका भलिबल खेलाडीको पहिचान र जिल्लाको एउटा उत्कृष्ट टिम बनाउन सहयोग पुग्ने अध्यक्ष शाक्यको भनाई छ  । 

कार्यक्रममा लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरु·  नगर खेलकुद पिकास समितीका अध्यक्ष बोनिज पिया,  महासचिव सेरजंग गुरु·, खेल सँयोजक लोकन्द्र भण्डारी  लगायतले सुभकामना दिएका थिए  । 

प्रतियोगिता ३ दिन सम्म सञ्चालन भलिवल प्रतियोगितामा प्रथम हुनेले  नगद रु ५५ हजार कप मेडल प्रमाणपत्र पाउने छन र  द्रोस्रो हुने ले नगद रु ३५ हजार कप मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तेस्रो हुने टिमले नगद रु २५ हजार, कप, मेडल प्रमाणपत्र पाउनेछन ।  सान्त्वना हुने टिमले नगद रु १५ हजार कप मेडल  प्रमाणपत्र हात पार्ने  छन भने प्रतियोगितामा  अनुशासित हुने  टिमले समेत कप प्रमाणपत्र पाउने  खेल संयोजक लोकेन्द्र भण्डारीले बताए । प्रतियोगितामा हाल सम्म ८  बटा पालीकाहरुको   भागलिएको   संयोजक  भण्डारीको  बताए  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।