ताजा अपडेट »

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

बुधबार, १९ बैशाख २०८१, १४ : ०४
82 Shares

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् । त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।