ताजा अपडेट »

११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा

विहीबार, ०८ चैत्र २०८०, १८ : ४९
42 Shares

बुटवल । रोट्याक्ट क्लव अफ बुटवल साउथको आयोजनामा हुन लागेको ११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

क्लवले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिन लाभा क्लवको खेलमैदानमा हुने रोट्याक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष सुविन खड्काले बताए ।

प्रतियोगितामा ७ रोटरी र १४ रोट्याक्ट क्लवको सहभागिता हुने कार्यक्रम संयोजक सुदीप पौडेलले बताए । प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले गर्ने कार्यक्रम रहेको छ ।

रोटरी क्लव अफ बुटवल साउथका पुर्व अध्यक्ष सव. कमलराज पाठकको स्मृतिमा हुने लागेको प्रतियोगिताले क्लव बीचको भाईचार र सद्भावलाई कायम राख्न मद्देत मिल्ने रोटरी क्लव अफ बुटवल साउथकी अध्यक्ष शारदा पौडेल पंगेनीले बताईन । कार्यक्रममा रोट्याक्ट डिष्ट्रिक ३२९२ का डिआरआर विक्रम क्षेत्रीले खेल प्रतियोगिताले क्लवहरु बीचमा सम्बन्ध विस्तार हुने बताए ।

प्रतियोगिताको १० औं संस्करणमा रोटरी क्लव तर्फ रोटरी क्लव अफ सेन्ट्रल बुटवलले उपाधि चुमेको थियो भने रोट्याक्ट क्लव तर्फ रोट्याक्ट क्लव अफ बुटवल रामापिथेकसले उपाधि चुमेको थियो । प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।