ताजा अपडेट »

नेपाल र हङकङ बीचको खेल वर्षाले पुनः रोकियो

आइतबार, २७ फागुन २०८०, १२ : ४२
84 Shares

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षा पुनः रोकिएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको स्थितिमा पानी परेपछि रोस्रो पटक खेल रोकिएको थियो ।

यसअघि ५ ओभरको खेलपछि वर्षाले रोकिएको थियो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।  हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । यसैगरी दोस्रो विकेट गुल्सन झाले लिएका हुन् । हङकङका निजाकात खान २० बलमा २५ रन बनाएको अवस्थामा आउट हुन पुगेका हुन् । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी, ललित राजवंशी लगायतका पहिलो रोजाईका खेलाडी बिना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।