ताजा अपडेट »

बुटवल सिद्धबाबा नजिकै एक पुरुष मृत फेला, पहिचानका लागि हुलीया सार्वजनिक

बुधबार, ०७ चैत्र २०८०, १८ : ३०
5.58K Shares

बुटवल । तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा (बुटवल सिद्धबाबा) नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पा रुपन्देही सीमानामा रहेको गेटको छेउमा मँगलबार मृत फेला परेका पेरुषको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलीया सार्वजनिक गरेको छ।

पहाडी मूलको जस्तो देखिने अन्दाजी ५०/५५ वर्ष को जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको र हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको । हालसम्म नामथर, वतन नखुलेका उनको उचाई अन्दाजी ५ फिट, सेतोमा निलो धर्का भएको 'SILVER JUBLEE 572' लेखेको हाप टि-सर्ट, कालो रङको सेण्डो भेष्टप लगाएका छन् ।

यसैगरी 'THE NORTH FACE' लेखेको कालो रङको ट्रयाक,  खुट्टामा फित्ता भएको कालो रङको चप्पल लगाएको, कम्मरमा हरियो रङ (सुरक्षाकर्मीले लगाउने) बेल्ट र हसिया भिरेको, वर्ण गोरो, मंगोलीयन अनुहार भएको, दाह्री जुंगा सानो फुलेको, कपाल लामो  भएको भानि प्रहरीले हुलीया सार्वजनिक गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।