ताजा अपडेट »

युवाहरु भन्छन् ‘सरकारी निकायमा सूचनाको सहज पहुँच छैन्’

मंगलबार, ०८ जेठ २०८१, १४ : ४०
168 Shares
मंगलबार, ०८ जेठ २०८१
168 Shares

 

बुटवल । सार्वजनिक निकायमा सूचनाको पहुँच सहज नभएको एक कार्यक्रममा बोल्ने युवाहरुले बताएका छन् । सोमबार एकाउन्टविलिटी ल्याबको आयोजनामा बुटवलमा गरिएको ‘स्थानीय तह सूचनामा युवाको पहुँच’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले स्थानीय निकाय लगायत सरकारी निकायमा सूचनाको सहज पहुँच नभएको बताएका हुन् । 
अन्तरक्रिया कार्यक्रममा बुटवल–१२ का सुन्दर पन्धी उज्यालो बुटवलको नारा सुन्दै आएको भएपनि विदेशबाट फर्कीएर आएकाहरुको भविष्य बुटवल नगरपालिका भित्र भने अध्याँरो भएको बताए । ‘हामी विदेशबाट फकिार स्वदेशमा ने केही गरौं भनेर आएकाहरूले कुनै पनि सरकारले हेरेको छैन, हामीसँग सम्बन्धित सूचना वा पहुँच कतै भएको पाएको छैन।’–उनले भने ।
 शाहसी कदम नेपालमा आवद्ध रोज मगरले अधिकांश सूचनामा आफ्नो समुदायको प्रतिनित्व नभएको बताइन् । ‘पुरुष महिला भन्दा पनि अर्को समुदाय यहि समाजमा छ, तर त्यो विषयमा जो कोही पनि जानकारी भएर पनि अनविज्ञता प्रकट गर्दै आउनुभएको छ।’– उनले भनिन् । 
कार्यक्रममा सहभागी अनिल गुप्ता अर्जुन ज्ञवाली, स्वीकृत रेग्मीले सूचनाको पहुँच भन्दा पनि पूर्वाधारमा नै पहुँच नभएको कारण समस्या भएको गुनासो पोखिन् । नवीन माविका विद्यार्थी सुवास पौडेलले पालिकाका वालसञ्जाल गठन, वडा तहमा नै बिस्तारको लागि कुनै पनि योजना नभएको अन्य पालिकामा भने गतिविधि भैरहेको सूचना हेर्दै आएको भन्दै दुखेसो पनि पोखे । बुटवल–१८ सौरहीयाका सिता थारुले तालिम तथा गोष्ठी वा कार्यक्रम बुटवल केन्द्रीत मात्रै हुँदा बुटवलदेखि केही दुरमा रहेका १८, १९ का जनताले र जहिले पनि पछि परेको गुनसो गरिन् । 
अन्तरक्रियामा राष्ट्रिय अपात्र महासंघ नेपालका संघीय सदस्य  सावित्रा घिमिरेले अपाङ्गता समुदायको मुख्य समस्या समाधानको लागि पालिकास्तरबाट समस्याको पहिचान गरी सोही अनुसार योजना बनाएर लाग्नुपर्ने बताएकी थिईन ।
यस्तै नेपाली काग्रेसका क्षेत्र नम्बर २ का सभापती प्रजापाल गिरीले स्थानीय तहमा सूचना माग्ने अवस्था अहिले नभएको बताए। सीमित घेराभित्र मात्रैको राखेर सूचना प्रवाह हुने गरेको विषयमा उनले यसमा गम्भीर हुने बेला आएको बताएका थिए। विषयको गाम्भीर्यतालाई बुझेर अबको युवामैत्री शासन, विद्युतीय दस्य शासन अहिलेको आवश्यकता रहेको उनको तर्क थियो ।

यस्तै नेकपा एमाले बुटवल नगर कमिटिका अध्यक्ष किसन ज्ञवालीले सामाजिक सञ्जालमा आएका सबै सूचना सही नहुने भन्दै यसलाई सहज रूपमा विश्वास नगर्ने आग्रह गरे । मिथ्या सूचनाको कारण समाज विकृत हुने अवस्था आएको भन्दै उनले यसमा सबैले ध्यान दिनुपर्ने बताएका थिए।  

यस्तै कार्यक्रममा बोल्दै बुटवल गरी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलले सबैको लागि बस्नयोग्य सहर निर्माण अभियानमा जारीरहेको जानकारी दिँदै सोही अनुसार लागि परेको बताएका थिए। कार्यक्रममा कार्यपत्र समेत प्रस्तुत गरेका उनले समस्या समाधानको लागि सबैले हातेमालो गर्नुपर्ने बेला आएको बताएका थिए।

बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले सबै समुदाय, वर्ग, जात जातीको लागि संयुक्त रूपमा आवाज सम्बोधन पालिकाले गर्दै आएको वताएका थिए। उनले अबको युवा पुस्ता निराश भन्दा पनि आशावादीरूपमा अगाडि बढ्न आवश्यक रहेको भन्दै सोही अनुसार योजना बनाएर बुटवल उपमहानगरपालिका लागिपरेको बताएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेयले सहजीकरण गरेका थिए ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।