ताजा अपडेट »

सवारी तोडफोड गर्ने चार पक्राउ

विहीबार, ११ भदौ २०७७, १७ : ४३
6 Shares

दमौली । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास–६ घर भइ व्यास–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जग्गा उत्खनन् गर्ने सवारी नियन्त्रणमा

म्याग्दे गाउँपालिका–४ मनहरिमा मनोज श्रेष्ठको जग्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले दुई एक्साभेटर नियन्त्रणमा लिएको छ । अवैधरुपमा उत्खनन् हुँदै गरेको सूचनाका आधारमा प्रहरीले उक्त एक्साभेटर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि गाउँपालिका कार्यालय पठाइएकामा गाउँपालिकाले सम्बन्धित धनीलाई रु ५० हजार जरीवाना गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।