११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

दाङ । कोभिड-१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातीमा जारी निषेधाज्ञा कायमै हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा मँगलबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि विहान ५ बजे सम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसको समयमा पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा उपमहानगरपालिकाका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ लगायतको उपस्थितिमा बसेको वैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड-बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा मास्क नलगाउनेलाई १ सय जरीवाना गरी कारबाही गर्ने निर्णय भएको हो ।

वैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले सबै गाउँपालिकामा क्वारेन्टिन, आइसोलेसन व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ । वैठकले भढि भिडभाड हुने बैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयहरुमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य मास्क प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको छ ।

बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहागरपालिकाका उपप्रमुख माया आचार्य, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका प्रमुख भागिराम चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत