ताजा अपडेट »

थप ७४३ जनामा कोरोना संक्रमण, १७५ संक्रमित डिस्चार्ज

सोमबार, ०८ भदौ २०७७, १६ : २५
8 Shares

बुटवल । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ७४३ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

नयाँ संक्रमितहरुमा २४६ महिला र ४९७ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। बितेको २४ घण्टामा थप १७५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । देशभर गरी हाल ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन् ।त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।