ताजा अपडेट »

ग्राहकको उत्साहजनक आकर्षण बढेसंगै बुटवलमा जारी जुत्ता मेला ५ दिनको लागि थपियो

बुधबार, ३० फागुन २०८०, २१ : ४६
5.30K Shares

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’ ५ दिनको लागि थप गरिएको छ । निरन्तर रुपमा ग्राहकको आकर्षण बढेकोले मेलाको अवधी थप गरिएको नेपाली जुत्ता घर बुटवलका संचालक तथा मेला संयोजक चोला प्रसाद पाठकले जानकारी दिए । अब मेला चैत्र ५ गते सम्म जारी रहनेछ, उनले भने । मेलामा नेपालका विभिन्न ९ कम्पनीका नेपाली फुटवेयर उत्पादनहरु विशेष छुटसहित विक्रीका लागि राखिएको र  ग्राहकहरुको रेस्पोन्स बाट आफुहरु उत्साहित भएको मेला संयोजक पाठकले बताए ।

जुत्ता मेलामा पवित्र शुज ईण्डष्ट्रिज प्रा.लि.को शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि.को बिं एफ.डियर हिल, लालिगुँरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।

नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिने उदेश्यले यहि चैत १ गतेदेखि डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजनामा जुत्ता मेला तथा मोःमोः उत्सव भएको हो । नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढि प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको बताईएको मेलामा नेपालीहरुको लोकप्रिय खाजा मोःमो का एक दर्जन स्वादका परिकारहरु राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।