२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

नयाँदिल्ली । अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।

Advertisement

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो । पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उनको दिमागमा समेत असर परेकाले उनी अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन् ।

उनलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा उनी कोरोनाभाइरसबाट सङ्क्रमित पनि भएको देखिएको थियो ।“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उनलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ । नेता प्रणव मुखर्जीले भारतको १३औँ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म राष्ट्रको नेतृत्व गरेका थिए । पिटिआई

प्रतिकृया दिनुहोस्

Flash News

भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह