४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

प्युठान । नेपाल-भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो ।

जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन । जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना छन् । त्यसै गरी स्वर्गद्वारी गाउँपालिकाका १७७ र प्युठान नगरपालिकाका १२४ जनालाई स्थानीय तहले सीमाबाटै उद्धार गरी स्थानीय तहका ल्याएर क्वारेन्टिनमा राखेका छन् । स्थानीय तहले खर्च व्यहोर्ने गरी सबै पालिकाले सीमामा रोकिएका आफ्ना पालिकाका नागरिकलाई ल्याउने काममा खटिएको माण्डवीका अध्यक्ष श्रीधर रोकाले बताए । भारतका विभिन्न शहरमा रोजागारीका लागि गएकामा प्युठानका करीब ३१ हजार रहेको स्थानीय तहको तथ्यांङ्क रहेको छ ।

भारतमा अलपत्र आफ्ना नागरिक सीमासम्म आएपछि स्थानीय तहले सीमामा पुगेर ल्याएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए । “सीमामा अलपत्र परेका नागरिकको उद्धार गरिरहेका छौँ”, रोकायले भने, “१४ दिन क्वारेन्टाइनमा राखी परीक्षणपछि मात्रै घर पठाउने छौँ ।” जिल्लामा ल्याइएका नागरिकको कुनै प्रकारको परीक्षण गरिएको छैन । परिक्षणविना भित्रिएका नागरिकको क्वारेन्टिन बसाइ अवधिभर कोरोना कोषको बजेटबाट ब्यवस्थापन गर्ने गरिएको रोकायको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर