ताजा अपडेट »

चिकित्सकको लाइसेन्स परीक्षा कठिन

मंगलबार, २१ फागुन २०७५, १० : १८
6 Shares


फागुन २१,

काठमाडौँ । विशेषज्ञ अध्ययन पूरा गरिसकेका चिकित्सकहरूमध्ये कतिपयलाई नेपाल मेडिकल काउन्सिलको विशेष अनुमतिपत्र परीक्षा (लाइसेन्स) परीक्षा उतीर्ण गर्न भने कठिन भएको छ । काउन्सिल परीक्षा दिनेमध्ये लगभग ६० प्रतिशतमात्र उतीर्ण भएपछि यस्तो कठिनाइ देखिएको हो ।


काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माले यसअघिको विशेषज्ञ लाइसेन्स परीक्षामा ६६.३३ प्रतिशत चिकित्सक उतीर्ण भएको जानकारी दिनुभयो । उहाँले प्रतिशतको आधारमा पहिलेभन्दा यो पटक धेरै चिकित्सक अनुतीर्ण भएको जानकारी दिनुभयो ।


विशेष परीक्षा (स्पेशल एक्जामिनेशन)मा ३६८ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये १४६ जना (३९.६७ प्रतिशत) अनुतीर्ण भएका हुन् । बाँकी २२२ जना अर्थात् (६०.३३ प्रतिशत) मात्र उतीर्ण भए । काउन्सिलले बर्षमा तीन पटक विशेषज्ञहरूका लागि यस्तो परीक्षा लिने गरेकोे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।