ताजा अपडेट »

लकडाउनले छोएन किसानलाई

शनिबार, २२ चैत्र २०७६, १८ : २५
8 Shares

दाङ । लकडाउनले छोएन दाङका किसानलाई
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन जारीगरेसंगै कामकाजी किसानहरु आफ्नो खेतवारीमा व्यस्त छन ।

खेतिपाति गरेर बानि परेका किसानहरु सरकारले जारी गरेको लकडाउनमा घरमै कुंजिएर बस्दा अन्य शारीरिक समस्यासंगै मानसिक समस्या समेत हुने र बर्ष भरी मेहनत गरेको बालि भित्राउने समय भएकाले प्राय जसो दाङका किसानहरु खेतमा ब्यस्त भएको भेटिन्छन । बर्ष भरी खेतीपाति गरेर गुजारा चलाउने किसानलाई काम नगरी साँझ र बिहान खान समस्या पर्छ । यहि किसानको समस्या र बाद्यतालाई बुझ्न हामि किसानले काम गरीरहेको खेतबारीमा पुग्यौ र उनिहरु संग केहि कुरा गर्यौ।

उनीहरुलाई सरकारले गरेको लकडाउन किन पालना नगरेको भन्ने प्रश्नको उत्तर आफ्नो परीवार थोरै भएकाले काम नभ्याइने र आफुले काम गराएको कारणले आउनै पर्ने भएकाले आएको घोराहि उपमहानगरपालिका वडा नं ६ सौडियारका हरबिर चौधरीले बताउन्छ्न । अहिले वेमौसमी तरकारी लगाउने समयसंगै मसुरो, गोवि तोरी, गहुँ, जौवाली र मसुरो जस्ता बालि स्याहार्ने महव्त्तपुर्ण समय सुरु भएको छ । काम गर्ने समयमा कति किसानले माक्स लगाएका छन र दुरी कायम गरेका छन भने कतिले यो नियमनै पालना गरेका छैनन । आफुलाई त्यस्तो शंका र लक्षण नदेखिएकाले नलगाएको घोराहि उपमहानगरपालिका वडा नं १२ साइपुरका धनबहादुर बुढाले बताए ।

सरकारले भनेका नियममा बस्ता नत हामिलाई राहत दिन्छ त्यसैले जहान परीवार पाल्नका लागि र पेट भर्नका लागि काम गरेको पनि उनिले बताए । यस्तै किसानिका साझ बिहान छाक टार्ने समस्या सुनाउनुहुन्छ घोराहि उपमहानगरपालिका वडा नं १६ बाहुनडाडाका किसान कुसुम चौधरी । यता रोगका चिन्ता पनि छ तर काम नगरी नहुने भएर गर्न लागेको पनि उँहाले बताउछिन ।

लकडाउन समय भएपनि कति किसान खेतबारीमा ब्यस्त छन भने कति खल्यानमा राँगा गोरुको दाइ लगाएर बालि भित्राउन ब्यस्त छन । आफ्नो बालि खेतमै झुलेर खस्न लागेको र सरकारले जस्तो सुकै नियम लगाए पनि हाम्रो काम सरकारले नगर्दिने भएका कारण आफ्नो बालि आफै स्याहार्न लागेको घोराहि उपमहानगरपालिका वडा नं १३ का नारायण चौधरीले बताए ।

गाँउ घरमा बैदेशिक रोजगारबाट आउनेको संङ्या पनि बढेको छ । र यस्ता ब्यक्तिमा शंका लागे तुरुन्त प्रहरीलाई खबर गरीदिने भनेर स्थानिय सरकारले आह्वान गरेको छ तर गाँउमा यस्तो ब्यक्ति देखेमा किन सम्बन्धित निकायमा दबर नगरेको भनेर प्रश्न गर्दा आफु क्यामरामा पनि नदेखिने र नाम नबताउने शर्तमा उनिले हाम्रो छिमेकि हो भोलि काम पर्दा सहयोग नगर्ने होकि र शामि संग रीसाउने होकि भन्ने डरले आफुहरुले खवर नगर्ने बताए ।

किसानको भनाई अनुसार राहातको ब्यबस्था र गाँउघरमा पनि निगरानि गर्नुपर्ने देखिन्छ । यस्ता खालका असुरक्षित तरीकाले खेति गर्न खेतमा निस्कने र गाँउघरको अनाबस्यक भ्रम तथा जमघटबाट देशमा भयाबह स्थिति आउने त होइन यसमा भने सरकारले ध्यान दिन जरुरी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।