ताजा अपडेट »

कोभिड-१९ : रोग प्रतिरोधात्मक क्षमता घटाउँने यि खानेकुरा आजै छोड्नुहोस्

आइतबार, ०९ चैत्र २०७६, १० : ३३
12 Shares

कोरोना संक्रमणबाट धेरै बृद्ध बृद्धा, दिर्घ रोगीको बढी मृत्यु भएको भनिएको छ । तर विश्व स्वास्थ्य संघठनले भने कोरोना भाइरस (कोभिड १९) बृद्ध बृद्धा मात्रै नभएर जुनसुकै उमेर समूहका मानिसलाई लाग्ने बताएको छ । रोग प्रतिरोधात्मक क्षमता बढी भएका ब्यक्तिमा कोभिड १९ को जोखिम अत्यन्त कम हुन्छ । त्यसको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा प्रयोग गर्न डाक्टरहरुले सुझाव दिएका छन् ।

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने?
– पोषिलो तथा सन्तुलित खाना नियमित खानुपर्छ।
– स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्छ।

कुन–कुन खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ?
– हरियो सागसब्जी तथा तरकारी नियमित खानुपर्छ।
– अमिलो जातका फलफूलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– रातोभन्दा सेतो मासु स्वास्थ्यका लागि उपयुक्त हुन्छ।
– प्रोटिन र भिटामिन सी भएका खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ।

रोग प्रतिरोधात्मक क्षमता घटाउने खानेकुराहरु :

१. सोडा
मानिसको इम्युनिटि पावर कमजोर बनाउने एक खाद्य पर्दाथ हो, सोडा । सोडामा सुगरको
मात्रा अत्यधिक हुने भएकाले यसले इन्सुलिनमा सुगर लेभल बढाउने गर्दछ जसले रोग इम्युनिटि पावर कमजोर बनाउँछ ।

२. रिफाइन तेल
यदि खाना बनाउन बार बार एकै प्रकारको तेल वा रिफाइन तेलको प्रयोग गर्नुहुन्छ भने यो तपाईको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस प्रकारको तेलले मानिसको इम्यूनिटी पावर कमजोर बनाउँछ ।

३. फास्ट फूड
अधिकांश शहरमा बस्ने मानिसहरु बजारको फास्टफूड खाने गर्दछन् । तर फास्टफुडमा सुगरको प्रयोग हुने तथा फाइबरको मात्रा कम हुने भएकाले यसको सेवन शरीरका लागि हानिकारक हुन्छ । यसले पनि मानिसको इम्युनिटि शक्ति घटाउँछ ।

४. क्याफिन
अहिलेका पुस्ता तथा बिदेश बसेर आउने मानिसहरुमा कफी पिउने शौख उच्च रहने गरेको छ । तर कफी पिउने मानिसमा यसमा पाइने क्याफिनका कारण इम्युनिटि पावर कम हुने गर्दछ । तसर्थ कफी पीउने बानि तत्काल नियन्त्रण गर्न आवश्यक छ ।

५. क्यान सुप र फलफुल जुस
आजकल बजारमा स्टिल क्यान बन्द फलफुल, सुप तथा जुस पाउने गर्दछ । तर यस प्रकारको क्यान बन्द खानाको सेवनले शरीरको पोषक तत्व नास पारी मानिसको इम्युनिटि पावर कमजोर बनाउने गर्दछ ।

६. सिलबन्द अचार
बजारमा प्रसस्त मात्रामा पाइने तथा निकै स्वादिलो हुने सीलबन्द अचार पनि मानिसको इम्युनिटि पावर कमजोर पार्ने एक कारक मानिन्छ । यस प्रकारका अचारमा सोडियमको मात्रा उच्च हुने भएकाले यसले डिहाइड्रेसन र किड्नीको समस्या निम्त्याउने गर्दछ ।

७. प्याकेजिङ मासु
फ्रेस हाउसमा कुर्न अल्छि मान्ने तथा हतारमा हुनेहरुले बजारमा पाइने प्याकेजीङ मासुको प्रयोग गर्दछन् । तर यस प्रकारको बन्द प्याकेटमा आउने मासु पनि मानिसको इम्युनिटि पावर कमजोर बनाउने कारक मानिन्छ ।

८. बासी खाना
हुनत बासी खाना कुनै बेला पनि उपयुक्त हुदैन । अझ कोरोनाको संक्रमणको त्रास रहेको बेला त झन बासी खानाको सेवन हानिकारक हुन्छ । बासी खानाले इम्युनिटि पावर कमजोर बनाउने भएकाले यसको सेवन नगर्नु सबैभन्दा बेस हुन्छ ।

९. पानी
खाना बनाउने तथा पिउने पानीका बिषयमा पनि सचेत हुन आवश्यक छ । किनकी हामीले प्रयोग गर्ने पानी संग्लो वा सफा देखिदैमा यो सफा नहुन सक्छ । त्यसैले पानीका कारणले पनि मानिसको इम्युनिटि पावर कमजोर बन्न सक्छ ।

१०. अन्य उपाय
समयमा खानपान नगर्ने, शारीरीक ब्यायाम नगर्ने, हिडडुल गर्न नचाहाने मानिसमा पनि इम्युनिटि पावर कमजोर हुनसक्छ । अनावश्यक तनाव लिने, पर्याप्त निन्द्रा नपुग्ने तथा धुम्रपान र मद्यपान गर्नुहरुमा पनि इम्युनिटि पावर कमजोर हुन्छ । त्यसैले यस बिषयमा पनि ध्यान दिनुपर्दछ ।-समयपोष्ट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।