ताजा अपडेट »

शिवमको आइपीओमा सर्वसाधारणको चासो बढी

शुक्रबार, १० फागुन २०७५, २३ : २३
4 Shares

फागुन १०,

काठमाण्डौं । शिवम् सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयरमा स्थानीयको चासो कम देखिएको छ ।  सर्वसाधारणतर्फ  ८८ प्रतिशत आवेदन पर्दा प्रभावित क्षेत्रका स्थानीयको  भने ३४ प्रतिशत मात्रै आवेदन परेको छ।

बिहिबारसम्म ३७ हजार भन्दा धेरै सर्वसाधारणलेबाट ३६ लाख ५० हजार कित्ताको लागि आवेदन परेको छ। त्यस्तै प्रभावित क्षेत्रका बासिन्दाहरुबाट पनि ६ सय भन्दा धेरै आवेदकहरुबाट एक लाख ९७ हजार कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले सर्वसाधरणको लागि प्रति कित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ता र प्रभावित क्षेत्रका बासिन्दाको लागि प्रति कित्ता २०० रुपैयाँको दरमा बाँडफाँट परेपछि बाँकी रहेको ५ लाख ७९ हजार कित्ता प्राथमिक निष्काशन गरेको छ।

छिटोको अवधिमा पर्याप्त आवेदन नपरेपछि कम्पनीले ढिलोको अवधि चैत्र ५ गतेसम्म तोकेको छ । तर, सम्पूर्ण कित्ताको लागि आवेदन परेसँगै जुनसुकै बेला आइपीओ  बिक्री बन्द हुनेछ ।

प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । शिवम् सिमेन्ट लिमिटेड प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने पहिलो सिमेन्ट कम्पनी हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।