ताजा अपडेट »

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

बुधबार, ०७ जेठ २०८२, १६ : ४६
62 Shares
बुधबार, ०७ जेठ २०८२
62 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ ।

आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा आवद्ध माननीयज्यूलाई सहभागिता नगराइकन उपसमिति बनाइएको छ । म गम्भिर आपत्ति जनाउँछु ।’

नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुनस् दोहोर्‍याएका छन् । आफूहरूले यो विषय पटक(पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

उनले भने, ‘आजको विषयवस्तु प्रवेश गर्नु पहिले नै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुने अन्तर्राष्ट्रिय संसदीय अभ्यास र हाम्रै संसदीय अभ्यासलाई पनि विगत १० महिनादेखि अस्वीकार गरिराखिएको छ र यसमा गम्भिर आपत्ति छ ।’

सार्वजनिक लेखा समिति सभापति अहिले सत्तारुढ एमालेका सांसद ऋषिकेष पोखरेल छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।