परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्रका दुई सय ५० जना विद्यार्थीहरुले छात्रवृति पाउने भएका छन् ।
रामग्राम नगरपालिकासंग सम्झौता गर्दै रामग्राम नगर प्याव्सननले छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिने रामग्राम नगर प्याव्सननका अध्यक्ष बलिराम यादवले बताए । उनले भने, “नगरपालिकाले सिफारिस गरेका विद्यार्थीहरुले उक्त अवसर पाउने छन् । विद्यार्थीहरुले आफ्नो किताब र विद्यायल पोसाक बाहेक पूर्णछात्रवृत्तिमा पढन पाउने छन् ।” नगरभित्रको शिक्षालाई गुणस्तरीय र राम्रो बनाउने जिम्मेवारी नगरपालिकाको मात्रै नभएर हामि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेपछि बन्ने उनले भने ।
रामग्राम नगरपालिकाका मेयर धनपत यादवले शिक्षा क्षेत्रमा नगरपालिकाको राम्रो उपलब्धी भएको बताए । नगरभित्रका संस्थागत विद्यालयहरुको छातासंगठनले पनि नगरको शिक्षाप्रति चाँसो देखाउनु उदाहरणीय कार्य रहेको नगर प्रमुख यादवले बताए । नगरपालिकाले शिक्षाक्षेत्रलाई सबल बनाउनका लागि निरन्तर प्रयासरत रहेको उनले बताए । प्याव्सनले ल्याएको मेयर छात्रवृत्ति कार्यममा यहि शैक्षिकशत्र देखि सुरु हुने उनले बताए ।
सूचना प्रकाशन गरि दलित, विपन्न तथा गरिब, शहिद परिवार छोराछोरी र खेलमा उत्कृष्ट तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु ४ कक्षादेखि ११ कक्षासम्म उक्त अवसर पाउने, उनले भने । नगरपालिकाको शिक्षाशाखा प्रमुख सुन्दर खनालले सूचना निकालेर प्रक्रियालाई अगाडि बढाउने काम भईरहेको बताए ।
प्रतिक्रिया