ताजा अपडेट »

गभर्नरले शपथ लिएकै दिन घट्यो सेयर बजार

बुधबार, ०७ जेठ २०८२, १५ : ५१
36 Shares
बुधबार, ०७ जेठ २०८२
36 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा विश्व पौडेलले गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन सेयर बजार घटेको छ ।

बुधवार सेयर बजार परिसूचक नेप्से ७।२९ अंकले घटेर २ हजार ६६९।५१ बिन्दु कायम भएको हो ।

यसअघि मंगलबार पौडेल गभर्नर नियुक्ति हुने चर्चाका बिच सेयर बजार बढेकोमा त्यसको भोलिपल्ट भने घट्न पुगेको हो । 

यस दिन २ करोड ३० लाख २६ हजार कित्ता सेयर कारोबार किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै यस दिन बैंकिङ, विकास बैंक र मिचुअल फण्डतर्फको उपसूचक भने बढेको नेप्सेले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।