ताजा अपडेट »

आजै गभर्नर नियुक्त गर्ने तयारी : सिफारिस समितिको बैठक लगत्तै मन्त्रीपरिषद बस्ने तय

मंगलबार, ०६ जेठ २०८२, १४ : ००
74 Shares
मंगलबार, ०६ जेठ २०८२
74 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बैठक डाकेर स्थगित गरेका ओलीले आज सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।  

बैठक साँझ ६ बजे बस्ने बताइएको छ। मन्त्रिपरिषद् बैठकअघि नेपाल राष्ट्रबैंकको गभर्नर सिफारिस समितिको बैठक बस्नेछ। ओली(देउवाको आजको छलफलमा अर्थमन्त्री विष्णु पौडेल र रमेश लेखक पनि सहभागी थिए।  उक्त छलफलपछि अपराह्न ४ बजे बस्ने गरी अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक डाकेका छन्।   

आजको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्तिको निर्णय हुने सम्भावना छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।